आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुम्लामा लडेर एक जना महिलाको मृत्यु

बुधबार, २० पुस २०७९, ०९ : २८
बुधबार, २० पुस २०७९

जुम्लामा लडेर एक जना महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका-६ घोडेगाउँकी वर्ष ३० कि रामपुरा रोकायाको लडेर मृत्यु भएको हो।

मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न तिर गएको अबस्थामा लडेर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।उनका अनुसार मंगलबार दिउँसो ४ बजे त्यो घटना भएको हो।

वनमा लडेर घाइते भएकी उनको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि बुधबार ल्याइएको थियो। चन्दका अनुसार घाइते रोकायालाई डाक्टरले आज बिहान ५ बजे मृत घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप