आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज पनि बढ्यो सुनको मूल्य

बुधबार, २० पुस २०७९, ११ : ४३
बुधबार, २० पुस २०७९

काठमाडौं । पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको भाउ आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ । 
हिजो एकैदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम थियो । आज मूल्य बढेसँगै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४०० रुपैयाँ छ ।
सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप