काठमाडौँको गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला
बुधबार, २० पुस २०७९, ११ : ५४
काठमाडौँको एक गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेष्ट हाउसमा ३४ वर्षीया अस्मिता पुन सुतेकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
पुन विगत तीन दिनदेखि गेष्ट हाउसमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता चितवनको ईच्छाकामना गाउँपालिका-३ वरेक खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसै गरी कन्चनपुरको भीमदत्त नगरपालिका-१२ उन्नतिटोल बस्ने २२ वर्षीय प्रेम बिष्ट आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।