सुदूरपश्चिम : पुस २८ गते सभामुख चयन गर्न निर्वाचन
बुधबार, २० पुस २०७९, १४ : २०
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालयले बुधबार जारी गरेको सूचनामा सभामुख चयनका लागि दिउँसो १ बजे निर्वाचन हुने उल्लेख गरिएको छ ।
यसअघि २७ गतेदेखि मनोनयन दर्तालगायतका प्रक्रिया सुरु हुने प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।