आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

बिहीबार, २१ पुस २०७९, १० : ४७
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेको थियो । तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका छन् । 

विशेष गरी गणित विज्ञान, गणित, विज्ञान लगायतका विषयमा कोटाभन्दा कम शिक्षक सिफारिस भएका छन् ।  निमावि तहका लागि शिक्षक सिफारिस भएसँगै आयोगले अब प्राथमिक तह (प्रावि) को नतिजा सार्वजनिक गर्नेछ ।  सिफारिस भएका शिक्षकहरूलाई नियुक्ति पत्र लिएर आ–आफ्नो क्षेत्रमा खटाउन थालिएको छ । 

यसअघि मावि तहको नतिजा प्रकाशित गरेको थियो । मावि तहमा समेत कोटाभन्दा कम सिफारिस भएका थिए । आयोगले यो महिनाको अन्तिमतिरबाट प्रावि तहको नतिजा प्रकाशन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप