एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान
शनिबार, २२ माघ २०७८, १० : ००
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा एमालेका तर्फबाट अतिथिका रुपमा सहभागी हुन उनी दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन् ।
उनले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोखरेलसँगै एमाले विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।