आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, २२ पुस २०७९, ११ : ३२
शुक्रबार, २२ पुस २०७९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै १ लाख २ हजार ३ सय रुपैयाँमा झरेको हो । 
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप