आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले अब कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि क्षेत्रको सुधारमा के गर्दैछ प्रचण्ड सरकार ?

cabinet
शुक्रबार, २२ पुस २०७९, १४ : ५१
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारले कृषि क्षेत्रको समग्र विकासका लागि आफ्नो नीतिगत प्राथमिकता र कार्यक्रममा बुँदागतरुपमा योजना तय गरेको छ । सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तय गर्नका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको मस्यौदामा कृषि उपजको समर्थन मूल्य तोक्ने र व्यवसायिक उत्पादनकर्तासँग अग्रिम कृषि उपज खरिद सम्झौता गर्ने प्रतिबद्धता जनाइएको छ ।  यस्तै कृषि उपजको बीमाको व्यवस्था गर्ने पनि सरकारको प्रतिबद्धता छ । 

रैथाने उत्पादनहरुलाई प्रोत्साहन गर्ने, मोटा जाँच गरी उर्बराशक्तिमा गुणात्मक सुधार गर्ने, किटनाशक औषधि, कृषि औजार र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता सरकारले गरेको छ ।  मलकारखानाको स्थापना गर्ने, मल खरिद व्यवस्थामा आवश्यक परिमार्जन गरी कृषकलाई समयमानै सुपथ मूल्यमा मल र बीऊ उपलब्ध गराउने सरकारको प्रतिबद्धता छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप