सामाखुसीस्थित खाजाघरमा आगलागी
शुक्रबार, २२ पुस २०७९, २१ : १५
काठमाडौँ । काठमाडौँको सामाखुसीमा आगो लागेको छ । सामाखुसी चोकबाट टोखा जाने बाटोमा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पेट्रोलपम्प पछाडी रहेको खाजा घरमा आगो ताप्ने क्रममा आगो सल्केको थियो । प्रहरीका अनुसार अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।