युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु
शुक्रबार, २२ पुस २०७९, २१ : ५७
रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय युवतीको विषयमा स्थानीय बीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो । झडपमा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ । -न्युज कारखाना