आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको अफरबारे लिङ्देन : त्यसबारे धेरै कुरा नगरौँ

शनिबार, २३ पुस २०७९, ०९ : ५०
शनिबार, २३ पुस २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको बताएका छन् । नेपाल टेलिभिजनको वाइडएंगल कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सभापति देउवासँग भेट भएको स्वीकार गरे पनि उनीसँग के–के विषयमा छलफल गरे भन्ने चाहिँ खुलाउन चाहेनन् ।

‘तपाईंलाई शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत नदिन आग्रह गर्नुभएको हो ?’ भन्ने प्रश्नमा लिङ्देनले भने, ‘त्यस्तो भन्नुभएको होइन । र, यस्तो विषय टेलिभिजनमा आएर भन्ने विषय पनि होइन । खाली कुरा भएको छ ।’ त्यस्तै, ‘राप्रपा र कांग्रेसलगायत दल मिलेर सरकार बनाऔँ भनेर देउवाले अफर त गर्नुभएको छ कि ?’ भन्ने प्रश्नमा लिङ्देनले ‘त्यस्तो पनि भन्नुभएको छैन । त्यस विषयमा धेरै कुरा नगरौँ । कुरा भा’छ,’ भन्ने जवाफ दिएका छन् ।

उनले सरकारको न्यूनतम साझा कार्यक्रमका आधारमा नै पार्टी सरकारमा जाने नजाने निर्णय गर्ने कुरा दोहोर्‍याएका छन् । उनले आफूहरूको प्रस्ताव न्यूनतम साझा कार्यक्रममा समावेश नभए पार्टीले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेसमेत स्पष्ट पारे ।

‘सरकारमा जाने नजाने टुङ्गो नलागेसम्म अहिले नै कसको नेतृत्वमा को–को सरकारमा जाने छलफल गर्नु अनुचित हुन्छ । यो दलाली गरे जस्तो हुन्छ । कति मन्त्रालय पाउने विषयमा छलफल नै प्रवेश गरेको छैन,’ उनले भने, ‘यो विषयमा पार्टीमा छलफल गरेर टुङ्गो लगाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप