आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भिल्लारियालसँग रियल स्तब्ध

आइतबार, २४ पुस २०७९, ०५ : ५९
आइतबार, २४ पुस २०७९

मड्रिड । भिल्लारियालसँग पराजित हुँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यो सिजन रियलको दोस्रो हार हो ।

येरेमी पिनोले दोस्रो हाफको सुरुवातमा नै भिल्लारियाललाई अग्रता दिलाएका थिए । तर, विवादास्पद पेनाल्टीको माध्यमले करिम बेन्जेमाले खेल बराबरी गरे । लगत्तै डेभिड आलाबाले ह्याण्ड बल गरेपछि जेरार्ड मोरेनोले पेनाल्टीबाट गोल गर्दै भिल्लारियाललाई पुनः अग्रता दिलाए । त्यसपछि भने कुनै गोल हुन सकेन र भिल्लारियालले खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

रियल बार्सासँग अङ्क बराबरी गर्दै दोस्रो स्थानमा रहेको छ । बार्साले एक खेल कम खेलेको छ । उसले आइतबार एथ्लेटिको मड्रिडको सामना गर्नेछ । उता भिल्लारियाल भने लगातार तेस्रो जीतसँगै पाँचौँ स्थानमा उक्लेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप