आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

विश्वासको मत दिन माधव र उपेन्द्रले राखे प्रचण्डसँग शर्त

आइतबार, २४ पुस २०७९, ११ : ३८
आइतबार, २४ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सकिएको छ ।  सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको तीन नेताको छलफलमा प्रधानमन्त्री प्रचण्डले अफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले मंसिर २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । 

तीन नेताबीचको छलफलमा प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन नेपाल र यादवलाई गरेको आग्रहमा दुवै नेताले विश्वको मत दिन सकारात्मक रहेको तर केही शर्त पुरा गर्नुपर्ने प्रस्ताव गरेको श्रोतले जनाएको छ ।  नेपाल र यादवले के शर्त राखेका थिए ? भन्ने खुलिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप