विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
आइतबार, २४ पुस २०७९, १५ : ४०
काठमाडौँ । विशेष अदालत काठमाडौँबाट भएको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगले विशेष अदालत, काठमाडौँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये घुस, रिसवत र शैक्षिक प्रमाणपत्र नक्कलीसम्बन्धी आठवटा मुद्दाहरूमा गत २१ र २२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका हुन् ।