आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी नेपाल टी–ट्वान्टी लिगको फाइनलमा

आइतबार, २४ पुस २०७९, १६ : १५
आइतबार, २४ पुस २०७९

काठमाडौँ ।  लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो  । त्रिवि मैदानमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो ।

जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रन बनाउँदा पवन सर्राफ ३० रन बनाए । लुम्बिनीका लागि विपुल शर्मा, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २÷२ लिए । त्यस्तै श्याड्ली भानले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो ।   लुम्बिनीका लागि ईशान पाण्डेले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै अनिल शाहले २४ रन बनाउँदा विपुल शर्माले २० रनको योगदान गरे ।

जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २÷२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १÷१ विकेट लिए । जनकपुरले अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप