आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

मन्त्रालय विभाजन परिस्थितिजन्य निर्णय हो : मुख्यमन्त्री पाण्डे
आइतबार, २४ पुस २०७९, २० : ४५
आइतबार, २४ पुस २०७९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन तत्कालीन राजनीतिक अवस्थाले सिर्जना गरेको परिस्थितिको निर्णयबाट गरिएको बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले आइतबार मुख्मयन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा पत्रकार सम्मलेलन गर्दै तत्कालीन अवस्थामा गठबन्धनमा आवद्ध दल र सरकार सञ्चालनका लागि बनाइएको कार्यदलको सिफारिसमा कार्य प्रगतिलाई वृद्धि गर्ने परिस्थिति सिर्जना भएपछि मन्त्रालय विभाजन गरिएको बताए ।

उनले आफ्नो १४ महिने कार्यकालमा मन्त्रालय विभाजनबाट राष्ट्रलाई व्ययभार नपरेको भन्दै प्रदेश सरकारले थुप्रै उपलब्धि हात पार्न सफल भएको दाबी गरे । मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा मन्त्रालय विभाजन गरी कार्ययोजना अनुसार काम गर्दा लुकेर रहेका समस्याहरुलाई समाधान गर्न सफल भएको बताए । उनले सरकारको नेतृत्व लिएपछि बागमती प्रदेशको ८ मन्त्रालयलाई १४ वटामा विभाजन गरी १४ जना मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले पत्रकार सम्मेलन मार्फत् आफ्ना कार्यकालमा भएका मुख्यमुख्य काम सार्वजनिक गरेका छन् । गत २०७८ कार्तिक ११ गते प्रदेशको मुख्यमन्त्री पद बहाली गरेका पाण्डेले सरकारको साझा न्यूनतम कार्यक्रम २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याएका थिए ।

सोही साझा न्यूनतम कार्यक्रम बमोजिम २०७९ साल पुस २४ गतेसम्म ४३८ दिनको अवधिभित्र प्रदेश सरकारले विभिन्न विषयसँग सम्बन्धित ऐन ६, अध्यादेश ९, नियमावली ३, विनियमावली १, निर्देशिका २, कार्यविधि १९, मापदण्ड ५ तथा आदेश १ जारी गरी कानुनी आधार तयार गरिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा सडक पूर्वाधारतर्फ १६० दशमलव १४ किलोमिटर कच्ची, २०० दशमलव ७७ किलोमिटर ग्राभेल, ११६ दशमलव ८६ किलोमिटर कालोपत्रे, ७३ दशमलव ९३ किलोमिटर ढलान सडक र १९ वटा पुल तथा झोलुङ्गे पुल÷ट्रस ब्रिज ६ वटा निर्माणलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छन् ।

त्यस्तै भवन पूर्वाधारतर्फ नयाँ भवन निर्माण २१२ वटा, पार्क तथा अन्य संरचना निर्माण २६४ वटा, सरकारी भवन मर्मत ५७ वटा, जनता आवास इकाई ६८८ वटा निर्माण भएको पनि उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप