आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिबिफिनको अध्यक्षमा पुनः गोल्यान निर्वाचित

आइतबार, २४ पुस २०७९, २२ : ५०
आइतबार, २४ पुस २०७९

काठमाडौँ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः  पवन गोल्यान निर्वाचित भएका छन् । आइतबार राजधानीमा सम्पन्न परिसंघको तेस्रो साधारणसभाले गोल्यानलाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।

व्यवसायी समेत रहेका गोल्यान एनएमबी बैंकका अध्यक्ष हुन् । यस्तै, परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका छन् । १५ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप