आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा बैठक बसेर निर्णय गछौँ : खनाल

सोमबार, २५ पुस २०७९, ११ : ०७
सोमबार, २५ पुस २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा मंगलबार बिहान बैठक बसरेर निर्णय गर्ने बताए । रातोपाटीसँग कुरा गर्दै खनालले मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताए ।  

‘प्रधानमन्त्री प्रचण्डजीलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गरेका छैनौं । मंगलबार बिहान सचिवालय बैठक बोलाएका छौँ । बैठकबाटै निर्णय हुनेछ’ रातोपाटीसँग कुरा गर्दै खनालले भने,  ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक छौँ । आधिकारिक रुपमा सचिवालय बैठकबाट निर्णय हुनेछ ।’

सबै परिस्थितिको विश्लेषण गरेर प्रधानमन्त्रीलाई विश्वासको मत÷नदिने निर्णय हुने खनालले बताए । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसै दिन बिहान मात्रै एकीकृत समाजवादीले विश्वासको मत दिने नदिने निर्णय गर्ने भएको छ । एकीकृत समाजवादीका १० सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप