आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इरानमा दुई युवालाई मृत्युदण्डको सजाय,  अमेरिकालगायत थुप्रै पश्चिमी देशद्वारा विरोध

सोमबार, २५ पुस २०७९, १३ : ३३
सोमबार, २५ पुस २०७९

तेहरान । इरान सरकारले हालै भएको सरकार विरोधी प्रदर्शनमा संलग्न दुई युवालाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुविरुद्ध इरानी सुरक्षा बलका एक अधिकारीको हत्या गरेको आरोप लागेको थियो ।

मोहम्मद महदी करीमी र सैयद मोहम्मद होसेनी नामका यी दुई युवाले आफ्नो सजायविरुद्ध अदालतमा अपील गरेका थिए ।

यो याचिकामा उनीहरुले आफूलाई प्रतातिड गरेको र अपराध स्वीकार गर्न लगाएको बताएका छन् ।

इरानमा विरोध प्रदर्शन सुरु भएयता चार जनालाई फाँसी दिइएको छ ।

बेलायती विदेशमन्त्री जेम्स क्लेभर्लेले इरान सरकारको यो कदमलाई ‘घृणित’ भनेका छन् ।

केही महिनाअघि इरानमा नैतिकता प्रहरीले महसा अमिनी नामकी महिलालाई हिजाब नलगाएको आरोपमा पक्राउ गरेको थियो ।

त्यसपछि प्रहरी हिरासतमै उनको मृत्यु भयो ।

यसले इरानमा व्यापक विरोध प्रदर्शनलाई जन्म दियो जुन अझै पूर्ण रूपमा थामिएको छैन ।

iranके हो पुरा घटना ?

‘नैतिकता पुलिस’ इरानको पुलिस प्रणालीको त्यो भाग हो जसले इस्लामिक कानुन र ड्रेस कोडको कार्यान्वयन सुनिश्चित गर्न प्रयोग गर्ने गर्दथ्यो ।

इरानी न्यायपालिकासँग सम्बन्धित समाचार एजेन्सी मिजानका अनुसार यी दुई व्यक्ति अर्धसैनिक बलका अधिकृत रुहोल्लाह अजामियनको हत्याको मामिलामा मुख्य अभियुक्त थिए ।

अभियोजकहरूले भने कि प्रदर्शनकारीको मृत्युमा शोकमा संलग्न केही व्यक्तिहरूले अजामियनको हत्या गरेका थिए ।

सन् २०२२ को डिसेम्बर महिनामा यी व्यक्तिहरूलाई पहिलो पटक मृत्युदण्डको सजाय सुनाइएको थियो, त्यसपछि उनीहरूले प्रताडनाको आरोप लगाएर आफ्नो सजायविरुद्ध अपिल गरेका थिए ।

तर इरानको सर्वोच्च अदालतले जनवरी ३ मा यस विषयमा सुनुवाइ गर्दै उनको सजायलाई कायम राखेको थियो ।

अमेरिकादेखि बेलायतसम्म विरोध

इरानी सरकारको यो कदमलाई लिएर पश्चिमा देशबाट आलोचना भइरहेको छ । अमेरिकादेखि बेलायतसम्म र सबै अन्तर्राष्ट्रिय संघसंस्थाले यस घटनाको निन्दा गरेका छन् ।

बेलायती विदेशमन्त्री जेम्स क्लेभर्लीले इरान सरकारलाई आफ्ना जनताविरुद्ध हिंसा रोक्न आग्रह गरेका छन् । यससँगै युरोपियन युनियनले प्रदर्शनकारीलाई मृत्युदण्ड दिएकोमा आफू आश्चर्यचकित भएको बताएको छ ।

यसका साथै, अमेरिकाले यी न्यायिक मामिलाहरूलाई झुटो भन्दै कडा निन्दा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ट्वीटरमा लेखेका छन्, ‘इरानी सरकारले मृत्युदण्डको माध्यमबाट विरोध प्रदर्शनलाई दबाउन खोजेको छ । हामी इरानी सरकारलाई क्रूर दमनका लागि जवाफदेही बनाउन हाम्रा साझेदारहरूसँग काम गर्न जारी राख्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप