आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक

सोमबार, २५ पुस २०७९

संघीय संसद् अन्तरगत प्रतिनिधि सभा पहिलो अधिवेशनको बैठक सोमबार बसेको । आजको बैठकमा ज्येष्ठ सदस्य तथा सभामुख पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । त्यस्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर पनि सुनाएका छन्।

सभामुख राणाले नेपालको संविधानको धारा १०४ बमोजिम यस प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरेका छन् भने सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन पनि गरेका छन् ।

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया