आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई माधव नेपालको शुभकामना : जनताले महसुस गर्नेगरी काम अघि बढोस्

सोमबार, २५ पुस २०७९, १५ : ४७
सोमबार, २५ पुस २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले परिवर्तनको महसुस गराउनेगरी काम गर्न शुभकामना दिएका छन् । सोमबार निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले बोली र व्यवहारमा सामन्सज्यता आउनेगरी काम गर्न आग्रह गर्दै कार्यकाल सफलताको कामना गरेका हुन् । 

उनले भने–‘भोलि त विश्वासको मत लिनुछ, यो कार्यकाल कति दिनको भन्ने प्रश्न आउला ? तपाईँहरूको आफ्नैपनि बहुमतको संख्या पुगिरहेकै छ । सबैले राजनीतिक स्थायित्वको कामना पनि गरेका छन्, हामी चाहँदैनौँ छिन–छिनमा सरकार परिवर्तन होस् । विगतका अनुभवहरूले हामीलाई केही शिक्षा दिएको छ । त्यस हुनाले विगतबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अगाडि बढ्न सक्नुपर्छ ।’

उनले प्रधानमन्त्रीले संविधान मिच्ने नभई वर्तमान प्रधानमन्त्रीले संविधानको पालना गरेर जाने कुरामा विश्वास लिएको बताए । उनले ५ वर्षको कार्यकालमा यो संसद्ले निकै महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप