आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४६ अंकले बढेर नेप्से सूचक २२ सयको अंकमा, १० कम्पनीको मूल्यमा सर्किट

सोमबार, २५ पुस २०७९, १५ : ४१
सोमबार, २५ पुस २०७९

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ४६ अंकमाथिले वृद्धि हुँदै २२ सयको अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४६.७६ अंकले वृद्धि हुँदै २२११.३८ अंकमा उक्लिएको हो । 

अघिल्लो दिन यस्तो सूचक २० अंकले बढ्दै २१६४.४८ विन्दुमा उक्लिएको थियो । यद्यपि, अघिल्लो दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज कारोबारमा सामान्य गिरावट आउँदै ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

यसदिन सबैभन्दा बढी रिडी पावर कम्पनीको २० करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको ६ सय कित्ता सेयर किनबेच भएको छ भने न्याधी ग्रुप पावरको आज १६ करोड ९६ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज झण्डै १ दर्जन कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, झण्डै २ दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक बाहेक १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप