स्वास्थ्य सेवा विभागद्वारा २३३ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि
सोमबार, २५ पुस २०७९, १७ : ४१
काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ । विभागले सोमबार बढुवा भएका नर्सिङ कर्मचारीहरूको सूची सार्वजनिक गर्दै २ सय ३३ जना स्तरवृद्धि भएको जानकारी दिएको हो ।
२०७९ असार महिना वा त्यो भन्दा अगाडि निवेदन दर्ता भएर कैफियत देखिएका नर्सिङ कर्मचारीहरूको विभागले स्तरवृद्धि गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । नर्सिङ कर्मचारी चौथोबाट पाँचौँ तहमा २२८ बढुवा भएका हुन् । जसमा चार जना छैटौँ तहमा बढुवा भएको विभागले जनाएको छ ।