आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

सोमबार, २५ पुस २०७९, १७ : ५४
सोमबार, २५ पुस २०७९

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । सोमबार बसेको आयोगको बैठकले उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको हो  । स्वीकृत कार्यक्रम अनुसार माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दावी विरोध लगायतका प्रकृया पूरा गरी १० गते अन्तिम नामावली प्रकाशन गर्ने तय भएको छ । 

यस्तै ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरी दावी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने र १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम  छ ।  १६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम तय भएको बताउँदै आयोगले माघ २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप