आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मस्को–गोवा उडानको आपतकालीन अवतरण : कुनै शंकास्पद वस्तु फेला परेन

मङ्गलबार, २६ पुस २०७९, १० : २१
मङ्गलबार, २६ पुस २०७९

बम भएको खबर पाएलगत्तै जामनगरमा अवतरण गरेको मस्कोबाट गोवा आउँदै गरेको विमानमा कुनै बम वा शंकास्पद वस्तु फेला परेको छैन । जामनगरमा आपतकालीन अवतरणपछि एनएसजीका दुई टोलीले विमानको जाँच गरिरहेका थिए । अब एनएसजीको टोलीले एयरपोर्टमा यात्रुहरूको सामान जाँच गर्नेछ ।

विमानस्थल प्राधिकरणका अनुसार विमान बिहान १० बजे जामनगरबाट उडान भर्नेछ । सोमबार राती करिब १० बजे जामनगर विमानस्थानमा आपतकालीन अवतरण गर्नुपर्यो किनभने विमानमा बम भएको सन्देश पाइएको थियो ।

विमानमा २३६ यात्री र चालक दलका ८ सदस्य थिए जसलाई राती नै सुरक्षित बाहिर निकालिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप