आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य घट्यो

मङ्गलबार, २६ पुस २०७९, ११ : ४३
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार भाउ तोक्दै हिजो सोमबारको तुलनामा तोलामा ४०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ रहेको महासंघले जनाएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ थियो ।

लगातार तीन दिनदेखि बढिरहेको सुनको मूल्य आज घटेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा समेत निरन्तर बढिरहेको छ । महिनाको पहिलो दिन सुनको मूल्य तोलामा ९९ हजार ९०० रहेको थियो । त्यसयता मात्रै ३ हजारभन्दा धेरै मूल्यले बढिसकेको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो । जुन, आज १३ सय ६५ रुपैयाँमा आएर कारोबार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप