आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, २६ पुस २०७९, १४ : ५२
मङ्गलबार, २६ पुस २०७९

 

बुटवल । लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ  । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार दाङ, रुपन्देही र बर्दिया भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको  छ ।

जसअनुसार दाङको दंगिशरण गाउँपालिका वडा नम्बर १ मा भे १ त ४०६६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ५० वर्षीय रुद्र बहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ४ पोहवास्थित सडकमा लु ३ त १७५५ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने ४५ वर्षीय दुख राम कहार मृत्यु भएको छ।  गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–५ जगतपुर बस्ने ५३ वर्षीया निर्मला पंगेनीको घर नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेर मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप