आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपालको चेतावनी : हेक्का रहोस् प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन

मङ्गलबार, २६ पुस २०७९, १५ : २२
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै हेक्का राख्न चेतावनी दिएका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता नेपालले गिरिजाकाल र उहिले देउवाकालको सरकार नभएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई संसद् विघटन नगर्न सुझाव दिए । 

उनले भने, ‘हेक्का रहोस् प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् । ख्याल होस् त्यस्तो गरेर प्रतिगमनको कदम चालिएको थियो त्यस्तो कदम नचालियोस्’, अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै भने, ‘मैले त यो गठबन्धनले शिक्षा लिएको होला,महशुस गरेको होला,आत्मालोचना गरेको होला भनेको त यहाँ गर्जेको देख्दा अचम्म पो लाग्यो । म त हिजै जवाफ दिन पक्षमा थिएँ तर किन पहिलो दिनमा जवाफ दिने भनेर समीक्षा र सुधार भएको होला भनेको त ...तर त्यस्तो गोलचक्करमा नफस्नु ।’ 

उनले संविधानको कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रियता राष्ट्रिय स्वाभिमानलाई जोड दिने आशाका साथ सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप