आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

मङ्गलबार, २६ पुस २०७९, १६ : ५४
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ मंगलबार काठमाडौं आइपुगेको छ । 

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ मंगलबार विहान ९ बजे काठमाडौं आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ,  नुवाकोट र ककनी हुँदै काठमाडौं आइपुगेको हो । 

काठमाडौं आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए । काठमाडौं आइपुगेको उक्त र्‍याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए । 

र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन्  । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप