आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फेलिक्सलाई अनुबन्ध गर्दै चेल्सी

मङ्गलबार, २६ पुस २०७९, २१ : ०६
मङ्गलबार, २६ पुस २०७९

लण्डन । चेल्सीले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई ऋणमा अनुबन्ध गर्ने तयारी गरेको छ । २३ वर्षीय खेलाडीलाई आर्सनल र म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्न चाहे पनि उनी चेल्सी आउने लगभग निश्चित भएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१९ मा एट्लेटिकोले फेलिक्सलाई बेन्फिकाबाट कीर्तिमानी ११.३ करोड पाउन्डमा अनुबन्ध गरेको थियो । तर, उनले अपेक्षाअनुसार निरन्तररुपमा उत्कृष्ट खेल प्रदर्शन गर्न भने सकेका छैनन् । यो सिजन एट्लेटिकोका लागि २० खेलमा ५ गोल गर्नुका साथै ३ वटा गोलको अवसर सिर्जना गरेका छन् । 

चेल्सीका मालिक टोड बोहलीले म्यानेजर ग्राहम पोटरको चोटग्रस्त टोलीलाई आड प्रदान गर्न चाहेका छन् । टोली हाल प्रिमियर लिगको १० औँ स्थानमा खस्किएको छ भने आइतबार मात्र एफए कपमा टोली म्यानचेस्टर सिटीसँग ४–० गोलले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप