आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण

बुधबार, २७ पुस २०७९, २१ : १४
बुधबार, २७ पुस २०७९

डोटी । नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो । 

विपद्मा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । “जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भनेर हेलीप्याड निर्माण गरिएको हो”, उनले भने ।  

गाउँपालिकाको समन्वयमा सेनाले रु पाँच लाखको लगानीमा हेलीप्याड निर्माण गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । उनले भने, “प्राकृतिक विपद्को समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेलीप्याड निर्माण भएपछि अब त्यो समस्या रहन्न ।”

जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप