आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा भ्रष्टाचार अन्त्य गर्छु : नवनियुक्त मुख्यमन्त्री यादव

बिहीबार, २८ पुस २०७९, ०९ : १९
बिहीबार, २८ पुस २०७९

जनकपुरधाम । ६३ सांसदसहित बुधबार बहुमत समर्थनसहित मधेस प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोजकुमार यादव नियुक्त भए । बारा १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । पूर्व सभामुखसमेत रहेका उनी मधेस प्रदेशका दोस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । 

प्रदेशमा २३ सांसदसहित पहिलो दल रहेका नेकपा एमाले, १६ सांसदसहित दोस्रो, १३ सांसदसहित तेस्रो, माओवादी केन्द्रका ७, राप्रपाका १, नागरिक उन्मुक्तिका १ र स्वतन्त्र सांसदहरू सुरिता साह तथा अनिरुद्ध प्रसाद सिंह यादवसहित कुल ६३ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्रीका दाबी गर्दै नियुक्त भयो । संघीय सत्ता समीकरणमा पद बाँडफाँड भए बमोजिम जसपा र जनमत आलोपालो नेतृत्व गर्ने गरी सहमति भए बमोजिम उनी पहिलो कार्यकालको नेतृत्व गर्ने गरी नियुक्त भए । मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादवसँग रातोपाटीका अमरेन्द्रकुमार यादवले गरेको अन्तर्वार्ताको सम्पाति अंश:

मुख्यमन्त्रीको रूपमा नियुक्त भएपछि तपाईंका प्राथमिकता के के छन् ?

मैले सबै सोचेर बसेको छु । मेरो काम गर्ने तरिका फरक छ । भनेर गर्दिनँ, गरेपछि तपाई‌ंहरुलाई थाहा हुन्छ । भन्नुभन्दा पनि म गरेर देखाउने कुरामा विश्वास गर्छु । त्यसैले काम गर्न दिनुस्, आफै देखिहाल्नु हुन्छ ।  

सरकारमा विभिन्न विचार बोकेका दल छन् । सरकारलाई काम गर्न कति सहज हुन्छ ?

निश्चय नै सरकारमा विभिन्न विचार बोकेका दल छन् । तर, सबै दलका नेता तथा प्रदेश सांसदहरूसँग सहकार्य गरेर सबैको मुद्दा तथा विचार समेटिने गरी राम्रो रोडम्यापबनाएर अगाडी बढ्नेछु ।

मधेसमै मधेसवादी दल कमजोर भएको अवस्था छ । मधेसको मुद्दा कमजोर त हुने होइन ?

मधेसमा मधेसवादी दल कमजोर भएको भए म आज मुख्यमन्त्री हुन्थे र ? न मधेसवादी दल कमजोर भएका छन्, न मधेसको मुद्दा कमजोर हुन्छ, ढुक्क हुनुस् । मधेसका मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्छु ।

मधेस प्रदेशको नेतृत्व पछिल्लो ५ वर्ष पनि जसपाले नै गर्‍यो के के भयो र बाँकी अब गर्न के छुटेको छ ?

हाम्रो काम र अरूको काममा फरक हुन्छ । सबभन्दा पहिला भ्रष्टाचार यहाँ हुँदैन । यो प्रदेशमा भ्रष्टाचारीलाई गुञ्जायस हुँदैन, शत प्रतिशत अन्त्य हुन्छ ।

मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तार बारे धारणा के छ ?

अहिलेसम्म कुनै पनि मन्त्रालयको बाँडफाँड भएको छैन । अहिले प्रदेशमा १० वटा मन्त्रालय छ त्यसैलाई निरन्तरता दिनेछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप