आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको गिरावट

बिहीबार, २८ पुस २०७९, १० : ५२
बिहीबार, २८ पुस २०७९

काठमाडौँ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चाँदीको मूल्यमा भने थोरै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा १ लाख १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।  चाँदी भने बुधबारको तुलनामा तोलामा रु ५ घटेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप