सिद्धार्थ बैंकले नगद लाभांश र बोनस सेयर दिने
बिहीबार, २८ पुस २०७९, २१ : २६
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नगद लाभांशका साथै बोनस सेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न बैंकको एक्काइसौँ वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।
साधारण सभाले बैंकको चुक्ता पुँजी बाह्र अर्ब बाउन्न करोड चवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैयाँको १२.५० प्रतिशत बराबरको बोनस शेयर तथा ०.६६ प्रतिशत बराबरको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।