आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीमा वर्षा, न्यूनतम तापमान ९.३ डिग्री  मापन

बिहीबार, २८ पुस २०७९, २१ : ४१
बिहीबार, २८ पुस २०७९

नयाँ दिल्ली । दिल्लीमा बिहीबार हल्का वर्षा भएको छ । नयाँ दिल्लीको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस मौसमको औसतभन्दा दुई डिग्री बढी हो ।

भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार दिल्लीको अधिकतम तापक्रम सामान्यभन्दा दुई डिग्री बढी २१.६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार साँझ ६ः३० बजेको सापेक्षिक आर्द्रता ७३ प्रतिशत रहेको थियो । 

पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान र पश्चिमी उत्तर प्रदेशमा पश्चिमी अवरुद्धता र सतहमा लागेको हावाका कारण कुहिरोको स्थितिमा उल्लेखनीय सुधार आएको छ ।

पूर्वी उत्तर प्रदेश र बिहारमा बाक्लो कुहिरो लाग्ने क्रम जारी रहेको बताउँदै भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले जनवरी १५ देखि दिल्ली र यसका छिमेकी राज्यका केही स्थानमा शीतलहर पुनः जारी रहने जनाएको छ । (रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप