आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछाने आज रिहा हुँदै

शुक्रबार, २९ पुस २०७९, ०७ : २४
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा हुन सकेका थिएनन् । 

उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् । 

लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप