प्रदेश एकका मुख्यमन्त्रीले थपे तीन मन्त्री
शुक्रबार, २९ पुस २०७९, १० : ५७
प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कीले तीन जना विना विभागीय मन्त्री थपेका छन् । माओवादीबाट दुई जना र एमालेबाट एक जना मन्त्री थपेका हुन् ।
माओवादीबाट प्रचण्डका ज्वाइँ जीवन आचार्य र दुर्गा प्रसाद चापागाईं सचिन तथा एमालेबाट बुद्धि कुमार राजभण्डारी लाई मन्त्री बनाएका हुन ।
तिनै जनालाई विना विभागीय मन्त्री बनाएका हुन् । मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।