आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अदालतको सर्त सन्दीपलाई सुनाइयो, आज दुई बजेभित्र थुनामुक्त हुने

शुक्रबार, २९ पुस २०७९, १२ : १९
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्न प्रक्रिया सुरु गरिएको छ । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा हुन सकेका थिएनन् । 

लामिछानेका निजी वकिल सरोजकृष्ण घिमिरेले परिवारले धरौटी रकम दाखिला गरेको र जिल्ला अदालतको पत्र लिएर अदालतबाट तारिख लिएपछि आजै दुई बजेभित्र थुनामुक्त हुने जानकारी दिए । उनले आजै लामिछानेलाई अदालतले राखेको सर्तबारे जानकारी गराएका थिए । अदालतको सर्त मान्य भएको लामिछानेले जानकारी दिएको पनि घिमिरेले बताए । 

हिजो उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिए पनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप