आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

कारागारबाट सन्दीप लामिछानेलाई अदालत लगियो

शुक्रबार, २९ पुस २०७९, १३ : ४६
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । बलात्कार आरोपमा २० लाख धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि लामिछानेलाई अदालत लगिएको हो । 

उच्च अदालत पाटनले एक किशोरीलाई बलात्कार आरोपमा लामिछानेलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो । लामिछाने जिल्ला अदालत काठमाडौंको पुर्पक्षमा थुनामै रहने आदेशविरुद्ध उच्च अदालत गएका थिए । लामिछानेलाई आवश्यक प्रक्रिया मिलाएर रिहा गर्ने तयारी भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप