आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राइम बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, २९ पुस २०७९, १८ : ३७
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा बिहीबार सम्पन्न भएको छ ।  सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । 

यसैगरी सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५% (चार दशमलव नौ पाँच प्रतिशत) का दरले नगद लाभांश र चुक्ता पूँजीको ४% (चार प्रतिशत)का दरले बोनस शेयर दिने निर्णय भएको छ । चुक्ता पूँजीको ४% (चार प्रतिशत) का दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढि हुनेछ ।

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद ३ मा राजेन्द्र दास श्रेष्ठ,  उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएको बैंकले जारी गरेको विज्ञप्तिले जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप