कर्णालीको सभामुखका लागि कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता
शनिबार, ३० पुस २०७९, ११ : ४८
सुर्खेत । कर्णाली प्रदेश सभामुख पदका लागि नेपाली कांग्रेसबाट खड्ग पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।
उनले केहीबेर अघि प्रदेश सभामा पुगेर मनोनय दर्ता गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
कांग्रेस सुर्खेत जिल्ला सभापतिसमेत रहेका उनी सुर्खेत १ (क) बाट निर्वाचित सांसद हुन् ।