आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

शनिबार, ३० पुस २०७९, १२ : ४१
शनिबार, ३० पुस २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । 

पौडेलको निजी सचिवालयका अनुसार २ नेताका बीचमा झन्डै १ घण्टा कुराकानी भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल भएको निजी सचिवालयको भनाइ छ ।

दुई नेताबीच आगामी सभामुखको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कुराकानी भएको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप