सुदूरपश्चिमको सभामुख चयन गर्न साँझ ६ बजे मतदान
शनिबार, ३० पुस २०७९, १३ : ५३
काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज साँझ निर्वाचन हुने भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभा सचिव देबबहादुर बोगटीले रातोपाटीलाई जानकारी दिए ।
सुदूरपश्चिममा सत्ता गठबन्धनको तर्फबाट माओवादीका भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत ल्याउन सकेका थिएनन् । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।