आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षमान पुनको सुमेरु अस्पतालमा उपचार सुरु

शनिबार, ३० पुस २०७९, १६ : १९
शनिबार, ३० पुस २०७९

काठमाडौँ । माओवादी केन्द्रका नेता एवं सांसद वर्षमान पुन अस्वस्थ भएका छन् । माघी पर्वको सन्दर्भमा रोल्पा पुगेका पुन अस्वस्थ भएपछि हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको थियो । ललितपुरको सुमेरु हस्पिटलमा उनको उपचार सुरु भएको पुनको पारिवारिक स्रोतको भनाई छ ।  जटिल प्रकारको वंशाणुगत जंडिस रोगबाट ग्रसित रहेका पुन गत मंसिरमा उपचारका लागि चीन गएका थिए । पूर्ण रुपमा रोग निको नहुँदै राजनीतिमा सक्रिय रहेका पुनलाई रोगले च्याप्दै लगेपछि रोल्पाबाट उपचारका लागि काठमाडौं ल्याइएको हो । 

नेता पुनलाई लागेको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ । यो रोगको उपचारका लागि विगतमा उनी थाइल्याण्ड र चीनका अस्पतालमा पुगेका थिए । गत निर्वाचनमा निरन्तर खटाइको धपेडीले रोगले च्याप्दै लगेपछि उनी चीनमा उपचारका लागि पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप