आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवाह बन्धनमा बाँधिए कान्ये

शनिबार, ३० पुस २०७९, १६ : ४४
शनिबार, ३० पुस २०७९

न्युयोर्क । अमेरिकी र्‍यापर तथा संगीतकार कान्ये वेस्टले यिजीकी डिजाइनर वियांका सेन्सोरीसँग विवाह गरेको समाचार छ । कान्ये हराएको हल्ला चलिरहँदा उनको विवाहको खबरले उनका फ्यानहरू आश्चर्यमा परेका छन् । तर, विवाहबारे कान्ये वा वियांकाको प्रतिनिधिहरूले पुष्टि भने गरेका छैनन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले वियांका कान्येका पूर्वपत्नी किम कार्डासियनजस्तै देखिने टिप्पणी गरेका छन् । केहीले उनलाई ‘खैरो कपाल भएकी किम’ भनिरहेका छन् भने कसैले ‘किम के भाग–२’ भनेका छन् ।

किमसँग सम्बन्धविच्छेद भएपछि हाल ‘ये’ भनेर चिनिने कान्येको धेरै महिलासँग नाम जोडिएको थियो । जसमा नायिका जुलिया फाक्स र मोडल इरिना सायेक  किम र कान्येले सन् २०२१ को फेब्रुअरीमा सम्बन्धविच्छेदको प्रक्रिया सुरु गरेका थिए । दुवैले सन् २०२२ मा आधिकारिकरुपमा सम्बन्ध विच्छेद गरेका थिए । वियांका र कान्येलाई यसअघि विवाहको औँठी लगाएर सँगै डिनर खाएको देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप