भावभित्र एकता हुन्छ
शनिबार, ३० पुस २०७९, १८ : ४३
धेरै दिनको धुलो मैलो
अब पखाल्नु पर्छ,
आउ, प्रिय हाम्रो मुटु
आज साटनु पर्छ ।१।
आँखा चिम्ली अँध्यारोमा
रोइ बस्दा मैले,
जिन्दगीको गोरेटोमा
भन आउँछौ कहिले ? ।२।
म रुन्छु, तिमी रुन्छौ
आँसु पनि थामिदैन
भनु अब कसलाई प्रिय
बह अझ पोखिएनन् ।३।
एकताको माला गाँसी
अब हामी लगाउँ,
शान्तिको फूलवारीमा
मलाई पनि घुमाउ ।
धर्ती हाँस्छ, आकाश हाँस्छ
रन वन हाँस्छन्,
हाम्रै दिलको सागरमा
पौडी खेली नाच्छन् ।
एकतामा शक्ति हुन्छ
फुट्यौ भने टुट्छौ
वारी हाँस्छ, पारी नाच्छ
हामी आफै झर्छौं ।
दिवस हैन, भाव जगाउ
भावभित्र जगत हुन्छ्,
भावले नै सबैलाई
एकतामा बाँधी दिन्छ ।
भक्तपुर