बोडेमा आगलागीबाट १५ लाखको क्षति
आइतबार, ०१ माघ २०७९, ११ : ००
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । शनिवार साँझ बोडे पेट्रोल पम्प ओरालोमा रहेको नवदुर्गा पेपर फ्याक्ट्रीमा आगो लागेको थियो ।
अण्डाको क्रेट बनाउने सो फ्याक्ट्रीमा आगलागीबाट करिब १५ लाखको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । कटुञ्जे घर भएका ४० वर्षीय राकेश सुवालले सञ्चालन गरेको पेपर फ्याक्ट्रिमा ३ लाख बजारको कागज र १२ लाख मुल्य पर्ने जेनेरेटर जलेको छ । बिजुलीको करेन्ट सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी पाण्डेले बताए । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।