आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करेन्ट लगाएर माछा मार्दा पाल्पामा एक जनाको मृत्यु

आइतबार, ०१ माघ २०७९, ११ : ४७
आइतबार, ०१ माघ २०७९

पाल्पा । पाल्पाको माथागढीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । माथागढी वडा नं. १ अगाहा खोलामा माछा मार्नेक्रममा रम्भा गाउँपालिका वडा नं. ४ का ३० वर्षीय विष्णुबहादुर थापाको ज्यान गएको हो ।

शनिबार खोलामा हुक लगाएर करेन्टले माछा मार्ने क्रममा घाइते भएका थापाको उपचारको क्रममा शनिबार राति साढे ९ बजे मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । 

उक्त खोलमा माछा मार्न गएका अन्य आठ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप