प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम रद्द
आइतबार, ०१ माघ २०७९, १५ : ०४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति एयरको विमान दुर्घट्नास्थल पोखरा जाने कार्यक्रम रद्द भएको छ । दुर्घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यको अवलोकनका लागि प्रधानमन्त्री आइतबार पोखरा जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
‘भिआइपी जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावका आधारमा प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीका नीजि सचिव रमेश मल्लले जानकारी दिए ।