आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

आइतबार, ०१ माघ २०७९, १५ : ०९
आइतबार, ०१ माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन् । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले भोलि १ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवको पक्षमा ७४ भन्दा बढी सांसद देखिएका छन् । उनी मुख्यमन्त्री नियुक्त हुँदा लोसपा सरकारमा सामेल हुने टुङ्गो लागेको थिएन । तर, अहिले लोसपा समेत सरकारमा सहभागी भई मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । प्रदेशसभामा नेकपा एमालेका २४, जसपाका १८, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १, नागरिक उन्मुक्तिका १ गरी कुल ७४ भन्दा बढी सांसद सत्ता पक्षमा छन् । विपक्षमा नेपाली कांग्रेसका २२ र नेकपा एकीकृत समाजवादीका ७ जना गरी २९ जना देखिएका छन् ।

बारा २(१) बाट निर्वाचित स्वतन्त्र सांसद शारदा शंकर कलवार एमालेमा प्रवेश गरिसकेका छन् । त्यसैगरी सप्तरी ४(२) बाट निर्वाचित अनिरुद्ध कुमार सिंह र महोत्तरी २(२) बाट निर्वाचित सुरिता साह जसपामा प्रवेश गरिसकेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिमण्डल विस्तार गर्ने स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप